६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत प्रशासित काश्मीरमा वर्षाजन्य विपदबाट १६ जनाको मृत्यु, थप वर्षाको चेतावनी

अ+ अ-

काठमाडौँ । भारत प्रशासित काश्मीरमा पछिल्लो दुई दिनदेखि जारी अविरल वर्षा र त्यसपछिका विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

अधिकारीहरूका अनुसार सोमबार डोडा जिल्लामा ढुंगा खस्दा र आकस्मिक बाढीमा परी थप चार जनाको मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो । यसअघि आइतबार काश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट दक्षिण–पश्चिममा अवस्थित सीमावर्ती जिल्लाहरू पुन्च र राजौरीमा बाढी र पहिरोले व्यापक जनधनको क्षति पुर्‍याएको थियो । ती क्षेत्रमा आइतबार १२ जनाको मृत्यु भएको थियो भने सात जना अझै बेपत्ता छन् ।

अविरल वर्षाका कारण राजौरीका होचा भूभागहरू डुबानमा परेका छन् भने दर्जनौँ सवारी साधन बाढीले बगाएको छ । यस्तै, पुन्च जिल्लामा वर्षासँगै खसेको पहिरोले आवासीय घरहरूमा ठूलो क्षति पुर्‍याएको छ । सोमवार बिहानैदेखि पुनः शुरु भएको वर्षाका कारण पुन्च र राजौरी जिल्लामा उद्धार तथा बेपत्ताहरूको खोजी कार्य प्रभावित भएको छ ।
मध्याह्नसम्म जारी वर्षाका कारण प्रभावित क्षेत्रमा उद्धार टोलीलाई परिचालन गर्न कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । भारत मौसम विज्ञान विभागले आगामी बिहीबारसम्म यस क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सर्वसाधारणका लागि चेतावनी जारी गरेको छ । नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्र नजिक नजान तथा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

0 Comments