काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका-१५ घर भई हाल दाङमा बसोबास गर्दै आएका ३५ वर्षीय घनश्याम गिरी र ३६ वर्षीय कमल गिरि रहेका छन्।
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट ट्यांकीभित्र अक्सिजनको कमीका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, मृत्युको यथार्थ कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







