काठमाडौँ। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि ८ जना उम्मेदवार छनोट सूचीमा परेका छन्।
सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले उनीहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।
सिफारिस समितिका अनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ७ र ८ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ।
निर्धारित कार्यतालिकाअनुसार पहिलो दिन साउन ७ गते चार जना उम्मेदवार र दोस्रो दिन साउन ८ गते बाँकी चार जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइनेछ। प्रत्येक उम्मेदवारका लागि एक घण्टाको समय निर्धारण गरिएको छ।








