६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेदिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता, सेवा सुधारका विषयमा उच्चस्तरीय छलफल

अ+ अ-

काठमाडौँ। सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र आयुर्वेदिक स्वास्थ्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उच्चस्तरीय छलफल गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार भएको छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयमा केन्द्रित छलफल भएको हो।

मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग आबद्ध गर्दै विकास गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रको नीतिगत तथा संस्थागत सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताइन्।

छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको थियो। ती संस्थाको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति तथा अन्तर्राष्ट्रियस्तरको वेलनेस सेवा विस्तार गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने रणनीति अघि बढाइने मन्त्रालयले जनाएको छ।

त्यसैगरी आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयअन्तर्गत आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को जीएमपी मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो।

छलफलमा मन्त्रालयका उच्च अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक संघ तथा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।

मन्त्रालयले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य योजना र नीतिगत निर्णयमार्फत क्रमिक रूपमा अघि बढाइने जनाएको छ।

0 Comments