६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च शिक्षाको समकक्षता निर्धारण अब विश्वविद्यालय अनुदान आयोगबाट, अनलाइन प्रणालीमार्फत सेवा प्रवाह

अ+ अ-

काठमाडौँ । विदेश तथा स्वदेशका विश्वविद्यालयबाट प्राप्त उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगले औपचारिक रूपमा सुरु गरेको छ । आयोगले बुधबारदेखि समकक्षता सम्बन्धी प्रक्रिया सञ्चालनमा ल्याएको हो ।

यसअघि उच्च शिक्षाका उपाधिको समकक्षता निर्धारणको काम त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रबाट हुँदै आएको थियो । जिम्मेवारी हस्तान्तरण भएपछि केन्द्रले नयाँ आवेदन लिन बन्द गरेको छ ।

सरकारले विश्वविद्यालय अनुदान आयोग ऐन संशोधन गरी समकक्षता निर्धारणको अधिकार आयोगलाई प्रदान गरेसँगै गत साउन १ गतेदेखि यो जिम्मेवारी आयोगमा आएको हो ।

आयोगले समकक्षता प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीबाट सेवा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । सेवाग्राहीले समकक्षताका लागि कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ भने भौतिक कागजातको प्रयोग घटाउँदै डिजिटल प्रक्रियालाई प्राथमिकता दिइएको छ ।

आयोगका अनुसार समकक्षता निर्धारणका लागि विषय तथा संकाय अनुसार ११ वटा समूह (क्लस्टर) निर्माण गरी विज्ञ टोलीमार्फत मुल्यांकन गर्ने व्यवस्था गरिएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयबाट भएका समकक्षता सम्बन्धी अभिलेख तथा आवश्यक कागजात आयोगमा हस्तान्तरण गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ । आयोगले नयाँ जिम्मेवारीसँगै समकक्षता सेवा थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

0 Comments