६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियता, संविधान र लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको पूर्णबहादुर खड्काको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता, संविधान र लोकतान्त्रिक प्रणाली गम्भीर चुनौतीको अवस्थामा पुगेको बताएका छन् ।

बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा नेपाली काँग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै खड्काले पछिल्ला राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले सरकारको कार्यशैली अराजकता र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाए । संसदबाट पारित विषयलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत परिवर्तन गर्ने अभ्यासले संवैधानिक प्रणालीमाथि प्रश्न उठाएको उनको भनाइ थियो ।

खड्काले देशको राजनीतिक अवस्थालाई गम्भीर रूपमा लिएर काँग्रेसका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र एकताको वातावरण निर्माण सभापति गगनकुमार थापाको भूमिकामा निर्भर रहेको उल्लेख गर्दै नेतृत्वले पहल गर्नुपर्ने धारणा राखे ।

उनले आफूहरू पार्टी एकताको पक्षमा नरहेको भन्ने प्रचार गलत भएको दाबी गर्दै कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे । पार्टीलाई वर्तमान अवस्थाबाट अघि बढाउन राष्ट्रिय भेलामार्फत आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

खड्काले संघीयता, जनअधिकार र लोकतान्त्रिक मूल्य-मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यस्ता विषयमा राजनीतिक दलहरू गम्भीर भएर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय हित र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि साझा जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

0 Comments