७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु

अ+ अ-

गण्डकी । बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ ।

गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविनाश पोखरेलले बताए । मङ्गलबार बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो ।

बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्रतीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । उनी प्राकृतिक रूपमा सुत्केरी भएको र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सुरुमा काठमाडौँ लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो ।

0 Comments