सिरहा । सशस्त्र प्रहरी बलको टोलीले सिरहाको सीमावर्ती क्षेत्रबाट २१ लाख रुपैयाँभन्दा बढी मूल्यको मदिरा र भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।
सीमा सुरक्षा गुल्म ईनर्वा, सिरहाबाट खटिएको टोलीले बुधवार गते भगवानपुर गाउँपालिका–३ स्थित धाँतीबाट अवैध रूपमा ओसारपसार भइरहेको उक्त मदिरा र सवारी साधन बरामद गरेको हो।







