७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी नेताको पक्राउप्रति स्ववियुको विरोध, तत्काल रिहाइको माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी तथा सदस्यलाई कार्यक्रमस्थलमा प्रवेश गर्न नदिई पक्राउ गरिएको भन्दै स्ववियुले सरकार र विश्वविद्यालय प्रशासनको कडा विरोध गरेको छ ।

स्ववियु अध्यक्ष दीपक राज जोशीद्वारा जारी प्रेस विज्ञप्तिमा उपसभापति सनम ओली, सचिव हिक्मत कुमार बुढा, सदस्यहरू डम्मर सिंह ऐडी, कुलबहादुर बुढा, तेजप्रकाश सञ्ज्याल तथा विद्यार्थी दिनेश रेग्मीलगायतलाई बिना शर्त तत्काल रिहा गर्न माग गरिएको छ ।
विज्ञप्तिअनुसार विद्यार्थी प्रतिनिधिहरूले उच्च शिक्षाका लागि पर्याप्त बजेट विनियोजन, सरकारले विद्यार्थीसँग संवाद गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालय सभाको बैठक यथाशीघ्र बोलाउनुपर्ने तथा विश्वविद्यालय सुधारका विषयमा शान्तिपूर्ण रूपमा ध्यानाकर्षण गराउन खोजेका थिए । तर संवादको सट्टा दमनात्मक व्यवहार गरिएको स्ववियुको आरोप छ ।

हालै त्रिभुवन विश्वविद्यालयको बजेट, नीति तथा कार्यक्रम, मेरिटोक्रेसीको कार्यान्वयन र विश्वविद्यालयको स्वायत्ततासम्बन्धी विषयमा विद्यार्थी संगठनहरूले निरन्तर आवाज उठाउँदै आएका छन् । कुलपति प्रधानमन्त्री रहने व्यवस्थाको अन्त्य गरी विश्वविद्यालयको स्वायत्तता सुदृढ गर्नुपर्ने माग पनि पछिल्ला वर्षहरूमा तीव्र बन्दै गएको छ ।

स्ववियुले विद्यार्थीको लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप जारी रहे थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

Open photo NaN
0 Comments