७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक कृषि उपजको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण गर्ने प्रणाली देशभित्रै विकास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायीहरूको संस्था ‘अर्ग्यानिक एसोसिएसन नेपाल’का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

छलफलका क्रममा व्यवसायीहरूले विदेशबाट गरिने अर्ग्यानिक प्रमाणीकरण प्रक्रिया महँगो र जटिल रहेको भन्दै नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण निकाय स्थापना गर्न सरकारसँग आग्रह गरेका थिए । व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

अर्ग्यानिक उत्पादनको प्रमाणीकरण खर्चिलो भएकै कारण सरकारले उपलब्ध गराउँदै आएको प्रमाणीकरण अनुदानसमेत रोकिएको भन्दै व्यवसायीहरूले पुनः अनुदान व्यवस्था लागू गर्न माग गरेका थिए । नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणीकरण संस्था स्थापना नभएसम्म उक्त सहयोग निरन्तरता दिने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको जनाइएको छ ।

प्रधानमन्त्री शाहले रासायनिक मल तथा विषादीको अनियन्त्रित प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रणाली विस्तारका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने बताए ।

छलफलमा अर्ग्यानिक मल उत्पादन गर्ने निजी क्षेत्र तथा सहकारी संस्थालाई प्रोत्साहन तथा अनुदान उपलब्ध गराउनुपर्ने माग पनि व्यवसायीहरूले राखेका थिए । प्रांगारिक मल उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

यसैगरी अर्ग्यानिक कृषि उत्पादनको निर्यातमा दिइँदै आएको अनुदान विगत दुई वर्षदेखि रोकिएको विषयमा पनि छलफल भएको थियो । उक्त समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, संस्थाका सदस्यहरू तथा विभिन्न अर्ग्यानिक कृषि व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीमध्ये गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईँ, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य पनि रहेका थिए ।

0 Comments