७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा एमालेले सम्हालेका मन्त्रालयको जिम्मेवारी काँग्रेसका तीन मन्त्रीलाई

अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारमा रिक्त भएका तीन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका तीन मन्त्रीलाई दिइएको छ।

नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् पुनःकार्यविभाजन गर्दै रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।

प्रदेश सरकारका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी सिफारिस बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पेश गरिएको छ।

कार्य विभाजनअनुसार यसअघि सहकारीसम्बन्धी जिम्मेवारी सम्हालिरहेकी मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै पर्यटन क्षेत्र हेर्दै आएका मन्त्री सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी निरन्तरता दिइएको छ।

युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारीमा रहेकी मन्त्री उर्मिला नेपाललाई कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि एमालेबाट बागमती सरकारमा सहभागी डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, मधुसूदन पौडेलले कृषि तथा विन्दु श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

एमालेका यी तीन मन्त्रीसहित किरण थापा, भरत केसी र जयराम थापाले बुधबार पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका थिए। त्यसपछि प्रदेश सरकारले रिक्त मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हो।

0 Comments