८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाही: १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ

अ+ अ-

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा १० जना लडाकु मारिएका छन् । 

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार विगत ४८ घण्टामा सुराब र मस्तुङ जिल्लामा गरिएका विभिन्न सैन्य कारबाहीका क्रममा ती लडाकुहरू मारिएका हुन् ।

 गुप्तचरी सूचनाका आधारमा गरिएको उक्त संयुक्त कारबाहीका क्रममा सुराब जिल्लामा सात जना र मस्तुङ जिल्लामा तीन जना लडाकु मारिएको सेनाले जनाएको छ । मस्तुङमा भएको कारबाहीका क्रममा सुरक्षा बलले दुई जना महिला आत्मघाती आक्रमणकारी र एक जना सहयोगीलाई समेत नियन्त्रणमा लिएको छ ।

 सेनाले मारिएका लडाकुहरूको कब्जाबाट उल्लेख्य मात्रामा हतियार, गोलाबारुद र घरेलु विस्फोटक उपकरण (आईईडी) बरामद गरिएको जानकारी दिएको छ ।

 सो क्षेत्रमा लुकेर बसेका अन्य सम्भावित लडाकुहरूको खोजी र पूर्ण सुरक्षा सुनिश्चित गर्न हाल ‘स्यानिटाइजेसन’ अभियान जारी रहेको आईएसपीआरले जनाएको छ । बलुचिस्तानमा सक्रिय सशस्त्र समूहहरूविरुद्ध सेनाले पछिल्लो समय आफ्नो कारबाहीलाई तिब्र पारेको छ ।

0 Comments