८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

अ+ अ-

काठमाडौँ। यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत भएका छन् । शुक्रबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले  देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्‍याएका सीमाविद् श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा  श्रेष्ठलाई एक लाख एक हजार १११  रुपैयाँ नगद तथा सम्मान पत्र प्रदान गरिएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपालको राष्ट्रियताको संरक्षण र संवर्द्धनमा विभूति भीमसेन थापाको ऐतिहासिक योगदान रहेको चर्चा गर्दै उनको स्मृतिमा  राष्ट्रलाई योगदान गर्ने संस्था वा व्यक्तित्वलाई हरेक वर्ष यसरी पुरस्कृत गर्नु प्रशंसायोग्य कार्य भएको बताए ।

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानका अध्यक्ष डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले प्रतिष्ठानले हरेक वर्ष भीमसेन थापाको जन्ममितिका अवसरमा इतिहास वा देशका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई पुरस्कृत गर्दै आएको उल्लेख गर्दै यो परम्परा निरन्तर जारी रहने बताए ।

सो अवसरमा पुरस्कृत व्यक्तित्व सीमाविद् श्रेष्ठले राष्ट्रिय विभूति भीमसेन थापाकै योगदानका कारण नेपाल विश्वमा सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्रका रूपमा रहिआएको चर्चा गरे ।

त्यस अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सहप्राध्यापक सुशील विक्रम थापाद्वारा संकलित भीमसेन थापाकालीन अभिलेख सङ्ग्रह भाग-३ राष्ट्रपतिलाई प्रदान गरियो ।

भीमसेन थापा पुरस्कारद्वारा विगतमा डा. भेषबहादुर थापा, मृगेन्द्र सम्झना चिकित्सा गुठी, राष्ट्रिय आविष्कार केन्द्रलगायत पुरस्कृत भइसकेको प्रतिष्ठानले जनाएको छ । 

0 Comments