९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर २४ घण्टामा २९ विपद्का घटना, ६ जनाको मृत्यु, वैशाख यता १८३ जनाले गुमाए ज्यान

अ+ अ-

काठमाडौँ । नेपालका २४ जिल्लामा २४ घण्टाको अवधिमा भएका विभिन्न २९ वटा प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परि ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ९ गते बिहान १० बजे सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा (साउन ८ बिहान १० बजे देखि साउन ९ बिहान १० बजेसम्म) सर्प दंशबाट ४ जना, पहिरोबाट १ जना र ग्यास विष्फोटबाट १ जना गरी कुल ६ जनाले ज्यान गुमाएका हुन् । 

पछिल्लो २४ घण्टाको स्थिति: सर्प दंश र पहिरोको उच्च जोखिम
प्राधिकरणको विवरणअनुसार गत २४ घण्टामा सर्प दंशका ११ घटना भएका छन् । जसबाट ७ जिल्ला प्रभावित भएका छन् । सर्प दंशका कारण ४ जनाको निधन भएको छ भने ७ जना घाइते भएका छन्। सर्प दंशका घाइते तथा नियन्त्रणका लागि नेपाल प्रहरीका ४५ जना जनशक्ति परिचालन गरिएको छ । यसैगरी, ७ जिल्लामा ८ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पहिरो क्षेत्रबाट १ जनाको सकुशल उद्धार गरिएको छ र उद्धार तथा मार्ग खोल्न ३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । 

ग्यास विष्फोटको एक घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । सात जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै आगलागीका घटना ४ जिल्लामा ४ वटा घटना भएका छन् । कुनैपन मानवीय क्षति भएको नभएको र २० प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । बाढीको एउटा र अविरल वर्षाका दुई वटा घटनामा कुनै मानवीय क्षति भएको छैन । तर सडक अवरोध र क्षति पुगेको छ । लेक लाग्ने १ घटनामा १ घाइते र जनावर आक्रमणको १ घटनामा १ जना घाइते भएका छन् । 

२४ घण्टे भौतिक क्षति र प्रहरी परिचालन
विपद्का कारण २४ घण्टामा ६ वटा प्रमुख सडक मार्गहरू अवरुद्ध भएका छन् भने ९ पशु चौपायाको क्षति भएको छ । अनुमानित ६ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको छ । विपद् व्यवस्थापन र उद्धार कार्यका लागि देशभर कुल १ सय २८ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

वैशाख १ देखि साउन ९ सम्मको मौसमी क्षति: १८३ जनाको निधन
२०८३ को वैशाख १ गतेदेखि साउन ९ गतेसम्मको अवधिमा मुलुकभर कुल ३ हजार ७ सय ४० वटा विपद्का घटना भएका छन् । यस अवधिमा विपद्का कारण १ सय ८३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । यस्तै १ हजार ७६ जना घाइते भएका छन् भने ४ हजार ८ सय ८ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् ।

सर्प दंश, चट्याङ र आगलागीबाट सबैभन्दा धेरै क्षति
वैशाख १ देखि साउन ९ गतेसम्मको तथ्यांक विश्लेषण गर्दा सर्प दंश, चट्याङका तथा आगलागीका घटना धेरै छन् । सर्प दंशका ६ सय ७ घटनामा ५२ जनाको ज्यान गएको छ भने ५ सय ५९ जना घाइते भएका छन् । त्यस्तै सर्प दंशबाट ६ सय ८ परिवार प्रभावित भएको छ ।  चट्याङका २ सय ३० घटनामा २५ जनाको मृत्यु र १ सय ३० जना घाइते भएका छन् । यसबाट २ सय ७६ परिवार प्रभावित छ ।

लेक लागेका ५६ घटनामा २१ जनाको मृत्यु भएको छ । यसबाट ५५ परिवार प्रभावित छ । त्यस्तै यस अवधिमा आगलागीका ९ सय ६२ घटनामा १८ जनाको मृत्यु भएको छ । १ हजार ५१ परिवार प्रभावित हुँदा १ सय २३ जना घाइते भएका छन् । जनावर आक्रमणका २ सय ६ घटनामा १७ जनाको मृत्यु र १ सय १५ जना घाइते भएका छन् । 

जनावरको आक्रमणबाट ३ सय १६ परिवार प्रभावित भएका छन् । पहिरोका ६ सय ३ घटनामा १४ जनाको मृत्यु, १ जना बेपत्ता र २३ जना घाइते भएका छन् । पहिरोबाट ४ सय ७० परिवार प्रभावित छ । त्यस्तै बाढीका १ सय ८८ घटनामा १३ जनाको मृत्यु, २ जना बेपत्ता र १० जना घाइते भएका छन् । बाढीबाट ४ सय ३३ परिवार प्रभावित बनेको छ । त्यस्तै हावाहुरीका ४ सय ७९ घटनामा १३ जनाको ज्यान गएको छ भने १ हजार ३ सय ५७ परिवार प्रभावित हुँदा ६८ जना घाइते छन् । डुंगा पल्टिएको १ घटनामा २ जनाको मृत्यु भएको छ । वन डढेलोका १ सय ९१ घटनामा १ मृत्यु र २२ परिवार प्रभावित भएको छ । हिउँ पहिरो (१ मृत्यु), विष्फोटन (१ मृत्यु), भारी वर्षा (४ मृत्यु) र अन्य घटनामा १ जनाको निधन भएको छ ।

प्राधिकरणको पूर्वशतर्कता र आकस्मिक सम्पर्क
तराई तथा भित्री मधेसमा गर्मी र वर्षाका कारण सर्पको जोखिम अत्यधिक बढेकाले राति टोर्च लाइट प्रयोग गर्न, घर वरिपरि सरसफाइ राख्न र सर्पले टोकेमा झाँक्री वा जडीबुटी नगरी तत्काल नजिकैको सर्प दंश उपचार केन्द्रमा जान गृह मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ । पहिरो तथा बाढी प्रभावित जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा पूर्व सूचना लिई सतर्कता अपनाउन भनिएको छ । विपद्का घटना, सडक अवरोध र उद्धारका लागि प्राधिकरणका आधिकारिक सूचना च्यानलहरू तथा नजिकैको प्रहरी चौकीमा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ । 

0 Comments