धनुषा । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको घरदैलोमा पुगेर प्रांगारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषाको विभिन्न स्थानको अवलोकन गरेकी छिन् । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै किसानहरू सङ्ग भेटवार्ता गरेकी हुन् ।
मन्त्री चौधरीले महिला कृषक द्वार सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैँचाको अवलोकन गरेकी हुन् । कृषि मन्त्री चौधरी माटो सुधारको मुद्दा लिएर किसानकोमा पुगेकी हुन्। किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल , प्राङ्गारिक मल लगायत प्रयोग गर्न सुझाइन् ,। ‘माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु।’ मन्त्री चौधरीले भनिन् ‘यसले रासायनिक मलमाथिको निर्भरता पनि घट्दै जान्छ। माटो सुधार पनि हुँदै जान्छ, यसले दीर्घकालीन माटो सुधार हुन्छ ।’ मन्त्री चौधरीले धनुषाका किसानको गाउँ घरमा पुगेर माटो सुधारको विषय उठाएका हुन् ।
लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गरेकी छिन् । मन्त्री चौधरीले किसानलाई हौसला प्रधान गर्दै स्थानीय स्रोतबाट बनेका मल प्रयोग गर्न समेत आग्रह गरेकी छिन् ।केन्द्रमार्फत आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ।
यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, कान्तिपुरस्थित अन्नपूर्ण माछा पालन कम्पनी प्रा.लि.को पनि अवलोकन गरिन् । कम्पनीले व्यावसायिक माछा पालनसँगै माछाको भुरा, दाना तथा आवश्यक औषधिको आपूर्ति गर्दै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्याउँदै आएको जनाएको छ। त्यसैगरी, मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैँचाको समेत अवलोकन गरिन् ।






