१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ राजदूत नियुक्ति टुंगिन नसक्दा छ राजदूतको कार्यकाल लम्ब्याइयो

अ+ अ-

१३ मुलुकमा नयाँ राजदूत नियुक्ति प्रक्रिया अझै निष्कर्षमा नपुग्दा सरकारले कार्यकाल सकिन लागेका छ जना राजदूतको पदावधि नयाँ नियुक्ति भएर कार्यभार सम्हाल्ने अवस्थासम्मका लागि थपेको छ।

काठमाडौँ । सरकारले विभिन्न मुलुकमा नयाँ राजदूत नियुक्ति प्रक्रिया टुंगोमा पुग्न नसकेपछि कार्यकाल सकिन लागेका छ जना नेपाली राजदूतको पदावधि थप्ने निर्णय गरेको छ।

साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले ब्राजिलका लागि राजदूत निर्मलराज काफ्ले, अष्ट्रियाका लागि भरतराज रेग्मी, बंगलादेशका लागि घनश्याम भण्डारी, बहराइनका लागि तीर्थराज वाग्ले, इजिप्टका लागि सुशील लम्साल तथा म्यानमारका लागि हरिश्चन्द्र घिमिरेको कार्यकाल लम्ब्याएको हो।

परराष्ट्र मन्त्रालयले सम्बन्धित नेपाली नियोगहरूलाई पठाएको पत्रमा नेपाल सरकारको साउन ६ गतेको निर्णयअनुसार सम्बन्धित मुलुकबाट नयाँ राजदूतका लागि नियुक्तिको सहमति (एग्रिमो) प्राप्त भई नियुक्त भएका राजदूतले कार्यभार सम्हालेको १५ दिनसम्म हालका राजदूतको पदावधि कायम रहने उल्लेख गरिएको छ।

सरकारले एकातर्फ विभिन्न १३ मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन भने अर्कोतर्फ कार्यकाल सकिन लागेका राजदूतको पदावधि थप्ने निर्णय गरेको हो।

ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनको प्रक्रियामा रहेकाले त्यहाँका राजदूतको हकमा प्रशासनिक काम सम्पन्न गर्न समय आवश्यक परेको कारण पनि पदावधि थपिएको बताइएको छ।

परराष्ट्र मन्त्रालयले कार्यकाल सकिन लागेका राजदूतको स्थानमा नयाँ नियुक्तिका लागि यसअघि नै सिफारिस पठाएको भए पनि प्रक्रिया टुंगोमा पुग्न सकेको छैन। यसबीच मन्त्रिपरिषद्ले हाल कार्यरत छ जना राजदूतको कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो।

सरकारले गत १० महिनामा विभिन्न मुलुकबाट १७ जना राजदूतलाई फिर्ता बोलाइसकेको छ। साथै केही नेपाली दूतावास खारेज गर्ने निर्णयसमेत कार्यान्वयनको चरणमा रहेको छ।

यसअघि सरकारले नयाँ राजदूत छनोटका लागि खुला आवेदन आह्वान गरेको थियो, जसमा चार हजारभन्दा बढी आवेदन परेको जनाइएको छ। यद्यपि, नयाँ नियुक्ति प्रक्रिया अझै अन्तिम चरणमा पुग्न सकेको छैन।

0 Comments