१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) स्कुल, कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार आरोपको अनुसन्धानका क्रममा लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई निरन्तरता दिन माग गरेको म्याद थपसम्बन्धी निवेदनका आधारमा विशेष अदालतको इजलासले यस्तो आदेश दिएको हो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले हिरासत अवधि थप गर्ने निर्णय गरेको जनाइएको छ।

आयोगले गुरुङ र तामाङमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ अन्तर्गत अनुसन्धान गरिरहेको छ। उनीहरूलाई अनुसन्धानका लागि अख्तियारमा उपस्थित गराइएपछि थप प्रक्रिया अघि बढाइएको हो।

गत असार २० गते जिल्ला प्रहरी परिसरले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। त्यसपछि उनीहरूलाई अदालतबाट पटक-पटक म्याद थप गरिँदै आएको छ। पछिल्लो आदेशसँगै उनीहरूको हिरासत अवधि थप भएको यो पाँचौँ पटक हो।

प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा साउन ८ गते दुवै आरोपीलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको थियो। त्यसपछि आयोगले घटनासम्बन्धी प्रमाण संकलन तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।

अदालतको पछिल्लो आदेशपछि आरोपीहरूलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको अख्तियारले जनाएको छ।

0 Comments