काठमाडौँ । दुई छुट्टाछुट्टै घटनामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ डाँडा टोलका ३४ वर्षीय तोयाहाङ राईलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, मोरङको सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहसहित पाँच जनालाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। घटनासम्बन्धी उजुरीपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।






