११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कानुन सुधारमार्फत विकासको गति बढाइने’ : मन्त्री गौतम

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विकास र समृद्धिको लक्ष्य हासिल गर्न आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्यले चालु वर्षलाई ‘कानुन सुधार तथा निर्माण वर्ष’का रूपमा अघि बढाइएको बताएकी छन्।

सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गौतमले विकासका लागि राजनीतिक नेतृत्वको इच्छाशक्ति मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रभावकारी कानुनी संरचना पनि उत्तिकै आवश्यक हुने बताइन्। सोही आवश्यकतालाई ध्यानमा राखेर सरकारले कानुन सुधारलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

उनले कार्यान्वयनका क्रममा विकासमा अवरोध सिर्जना गर्ने कानुन वा नियम पहिचान भए तत्काल संशोधन प्रक्रिया अघि बढाइ संसद्मा पेस गर्ने तयारी रहेको जानकारी दिइन्।

पूर्ववर्ती नेतृत्वप्रति कुनै असहमति वा आलोचना नरहेको स्पष्ट पार्दै मन्त्री गौतमले अग्रजहरूले आफ्नो क्षमता र इमानदारीअनुसार जिम्मेवारी निर्वाह गरेको सरकारले स्वीकार गरेको बताइन्।

मन्त्री गौतमका अनुसार अहिलेको प्रमुख चुनौती भनेको नागरिकले अपेक्षा गरेको गतिमा विकास र समृद्धिको उपलब्धि हासिल हुन नसक्नु हो। उनले जनताले छिटो र प्रभावकारी नतिजाको अपेक्षा गरिरहेको उल्लेख गर्दै त्यसका लागि कानुनी जटिलता हटाउँदै सुधारमुखी ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।

0 Comments