११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीमा कर्फ्यु आदेश जारी, इटहरीका यी संवेदनशील क्षेत्रमा आवतजावतमा रोक

अ+ अ-

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका-६ स्थित संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम २०८३ साउन ११ गते राति ९:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावतमा रोक लगाइएको हो।

आदेशमा कर्फ्यु अवधिभर तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई हिँडडुल, प्रदर्शन, सभा, भेला वा अन्य गतिविधि गर्न नपाइने उल्लेख गरिएको छ।

प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।

कर्फ्यु लागू गरिएको क्षेत्र:
पूर्व: इटहरी उपमहानगरपालिका-३ र ६ को सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल)
पश्चिम: कोशी ब्यारेजको पुल
उत्तर र दक्षिण: महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र

जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था र सार्वजनिक शान्ति कायम राख्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

0 Comments