काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोलुखुम्बुका २९ वर्षीय निमादोर्जी शेर्पाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौँले जनाएको छ ।
गए राति पौने १२ बजे स्कुटर आफैँ अनियन्त्रित भई पोलमा ठोक्किएको थियो । उनको उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको हो ।






