१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदा पूर्वप्रधानमन्त्री खनालले सम्झिए आफ्नो पहल

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि आफू प्रधानमन्त्री हुँदा उक्त आयोजना अघि बढाउन गरेको पहल स्मरण गरेका छन्।

खनालले सामाजिक सञ्जालमार्फत काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने नागरिकले लामो समयदेखि भोग्दै आएको ट्राफिक समस्या र यात्राको कठिनाइलाई ध्यानमा राखेर सुरुङमार्ग निर्माणको अवधारणा अघि बढाइएको उल्लेख गरेका हुन्।

उनले वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकै दिन आफूले हस्ताक्षर गरेको पहिलो फाइल नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी रहेको दाबी गरेका छन्। त्यसको चार दिनपछि बसेको मन्त्रिपरिषद् बैठकले आयोजनालाई स्वीकृति दिएको र वि.सं. २०६८ मा नीतिगत रूपमा अघि बढाउने निर्णय गरिएको उनले उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले आर्थिक वर्ष २०६८–६९ को बजेटमार्फत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरिएको स्मरण गर्दै लामो समयको प्रयासपछि आयोजना सञ्चालनमा आउनु खुसीको विषय भएको बताएका छन्।

उनका अनुसार ठूला राष्ट्रिय पूर्वाधार आयोजना कुनै एक व्यक्ति वा सरकारको मात्र प्रयासबाट सम्पन्न नहुने भन्दै निरन्तरता, सहकार्य र सामूहिक जिम्मेवारीबाट यस्ता परियोजना सफल हुने धारणा व्यक्त गरेका छन्।

खनालले सुरुङमार्ग निर्माणमा योगदान पुर्‍याउने विभिन्न सरकार, निर्माणमा संलग्न मजदुर, प्राविधिक तथा कर्मचारी, जापान सरकार र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्। यसले यातायात प्रणालीलाई सहज, सुरक्षित र आधुनिक बनाउनुका साथै आर्थिक गतिविधि विस्तार, पर्यटन प्रवर्द्धन र समग्र विकास प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री खनालले यो धारणा चीनको बेइजिङबाट सार्वजनिक गरेको जनाएका छन्।

0 Comments