१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सभा निर्वाचनमा ईभीएम प्रयोगको सम्भावना रहेको प्रस्तावित निर्वाचन आयुक्त सुब्बाको दाबी

अ+ अ-

काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त राजीव सुब्बाले आगामी प्रदेश सभा निर्वाचनमा विद्युतीय मतदान प्रणाली (ईभीएम) प्रयोग गर्न सकिने धारणा व्यक्त गरेका छन्।

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा सुब्बाले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै प्रदेश सभा निर्वाचनमा ईभीएमको प्रयोग सम्भव रहेको बताएका हुन्।

उनले स्थानीय तह निर्वाचनमा उम्मेदवारको संख्या धेरै हुने भएकाले तत्काल विद्युतीय मतदान प्रणाली लागू गर्न चुनौती हुन सक्ने उल्लेख गरे। तर प्रदेश सभा निर्वाचनमा तुलनात्मक रूपमा व्यवस्थापन गर्न सहज हुने भएकाले चरणबद्ध रूपमा यसको प्रयोग अघि बढाउन सकिने उनको भनाइ थियो।

सुब्बाले इन्टरनेटमार्फत मतदान गर्ने प्रणाली (आई–भोटिङ) कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार गर्नुपर्ने बताए। यसका लागि तीनवटा कानुन निर्माण वा संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले नेपालमा यस्तो प्रविधि विकास गर्न सक्ने जनशक्ति उपलब्ध रहेको दाबी गरे।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा उनले विभिन्न विकल्प क्रमशः लागू गर्न सकिने बताए। दूतावासमार्फत मतदान, प्रविधिमा आधारित हुलाक मतदान र इन्टरनेट मतदानलाई सम्भावित विकल्पका रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो।

प्रस्तावित आयुक्त सुब्बाले निर्वाचनमा प्रविधिको प्रयोगभन्दा पनि त्यसप्रतिको विश्वास महत्वपूर्ण हुने उल्लेख गरे। उनले प्रविधि प्रयोगका लागि सरोकारवालाबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

सुनुवाइका क्रममा सांसदहरूले विद्युतीय मतदान प्रणालीसँगै डिजिटल सुरक्षाका चुनौती, डिपफेक प्रविधि र एल्गोरिदमको प्रभावबारे समेत प्रश्न उठाएका थिए। सुब्बाले निर्वाचन प्रणालीलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन प्रविधि प्रयोग गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने धारणा राखेका छन्।

0 Comments