१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको निजी क्षेत्रसँग आग्रह : ‘लगानी विस्तार र उत्पादन वृद्धिबाट आर्थिक रूपान्तरणको आधार तयार गरौँ’

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा आधारित नयाँ कार्यसंस्कृति विकास गर्नुपर्ने बताएका छन् ।

उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले विगतमा समस्या पहिचान र आरोप–प्रत्यारोपमा केन्द्रित हुने प्रवृत्तिभन्दा अब समाधानमुखी सहकार्य आवश्यक रहेको बताए । उनले सरकार निजी क्षेत्रका वास्तविक समस्या सम्बोधन गर्दै लगानीको वातावरण सुधार गर्न केन्द्रित रहेको उल्लेख गरे ।

उनले बजेट निर्माणका क्रममा उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्र, लगानीकर्ता, युवा उद्यमी तथा विभिन्न व्यावसायिक संस्थासँग गरिएको छलफलका आधारमा आर्थिक सुधारका कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले पुराना तथा अनावश्यक कानुन सुधार, लगानीमैत्री वातावरण निर्माण, कर प्रणाली सरलीकरण, व्यवसाय सञ्चालन सहज बनाउने नीति, पुँजी बजार तथा वैकल्पिक वित्तीय प्रणाली विस्तार, श्रम व्यवस्थापन र डिजिटल प्रशासन विकासलाई सरकारको प्राथमिकतामा राखिएको बताए । अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित ४२ वटा कानुन संशोधन वा खारेजीको प्रक्रियामा रहेको उनको भनाइ थियो ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाहरूले बजेट सुधारका कार्यक्रमलाई सकारात्मक रूपमा लिएको भन्दै धन्यवाद व्यक्त गरे ।

अर्थमन्त्रीले नेपालको आर्थिक विकासको मुख्य आधार लगानी वृद्धि भएको उल्लेख गर्दै सरकारको अबको प्राथमिकता लगानी आकर्षित गर्ने, उत्पादन बढाउने र उद्योग विस्तार गर्ने रहेको बताए ।

उनले आर्थिक रूपान्तरणका लागि तीन मुख्य परिणाम हासिल गर्नुपर्ने धारणा राखे । सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने, विद्यमान व्यवसायीलाई आत्मविश्वासका साथ विस्तारको अवसर दिने र नयाँ उद्यमी तथा युवाका लागि उद्योग स्थापना गर्न सक्ने वातावरण बनाउने विषय सरकारको केन्द्रमा रहेको उनले बताए ।

यी लक्ष्य पूरा भए आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व विस्तार र निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

सरकारको भूमिका उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई सहज रूपमा काम गर्ने वातावरण उपलब्ध गराउनु रहेको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले प्रशासनिक अवरोध हटाउने, नीतिगत सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने काममा सरकार सक्रिय रहने बताए ।

छलफलका क्रममा उनले उद्योगको उत्पादन लागत, उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुका कारण, नयाँ लगानीमा देखिएका अवरोध, जग्गा, ऊर्जा, श्रम, ढुवानी, वित्तीय पहुँच, कच्चा पदार्थ र बजारसम्बन्धी समस्या पहिचान गरी समाधान खोज्न निजी क्षेत्रसँग आग्रह गरे ।

उनले मन्त्रालयमा प्राप्त सुझावलाई व्यवहारिक समाधानमा रूपान्तरण गर्न अर्थ मन्त्रालयमा विशेष संयन्त्रमार्फत समन्वय गरिने जानकारी दिए । फाइल प्रक्रियामा ढिलाइ हुने अवस्थाको अन्त्य गर्दै छिटो निर्णय र कार्यान्वयनमुखी प्रणाली विकास गर्ने उनको भनाइ थियो ।

बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधार कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समय सीमाभित्र अघि बढाइने बताए । पुँजीगत खर्च बढाउने, आयोजना कार्यान्वयन प्रभावकारी बनाउने तथा वित्तीय र पुँजी बजार सुधारका काम पनि समानान्तर रूपमा अघि बढिरहेको उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले आयातमा निर्भर उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी बनाउने जिम्मेवारी उद्योग क्षेत्रले लिनुपर्ने बताए । स्वदेशी उत्पादन विस्तारमार्फत गुम्दै गएको औद्योगिक सम्भावना पुन:स्थापित गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले निजी क्षेत्रको लगानी सुरक्षित रहने, उचित प्रतिफल प्राप्त हुने र पुन:लगानीका लागि अनुकूल वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्यमीको नाफा र सम्पत्तिको सुरक्षालाई सरकारले प्राथमिकतामा राख्ने उल्लेख गर्दै निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलतासँग जोडिएको बताए ।

सरकारले सुधारको गति तीव्र बनाउने, लगानीका अवरोध हटाउने र निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले लगानी वृद्धि, उत्पादन विस्तार, नयाँ उद्यम स्थापना र रोजगारी सिर्जनामा सक्रिय हुन व्यवसायीलाई आग्रह गरे ।

0 Comments