१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली सरकार गठनका लागि मंगलबहादुर शाहीद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

शाहीले मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै समर्थनसहितको दाबी बुझाएका हुन् ।

उनले नेकपा एमालेका ९ जना र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ जना गरी २३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित सरकार गठनको प्रक्रिया अघि बढाएका छन् ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार निर्माणको संवैधानिक प्रक्रिया सुरु भएको थियो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत पुर्‍याउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखले तोकेको समय सीमाभित्र शाहीले दाबी प्रस्तुत गरेका हुन् ।

शाही मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए । यसअघि उनले कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

0 Comments