१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगको कार्यसम्पादनलाई थप पारदर्शी र उत्तरदायी बनाउन चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले आफू नियुक्त भएमा कार्यसम्पादन मूल्यांकनसँग सम्बन्धित प्रगति विवरण प्रत्येक चार महिनामा आयोगको वेबसाइटमार्फत सार्वजनिक गर्ने बताएका हुन्।

उनले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ मा रहेको व्यवस्थाअनुसार नतिजामा आधारित कार्ययोजना कार्यान्वयनको अवस्थाबारे नियमित रूपमा जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यविधिमा प्रस्तावित पदाधिकारीले सुनुवाइका क्रममा प्रस्तुत गरेको कार्ययोजनालाई सम्बन्धित निकायमा अभिलेख राखी त्यसको कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने र प्रगति विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्थाले सार्वजनिक निकायको प्रभावकारिता र जवाफदेहिता बढाउने उद्देश्य राखेको छ।

कार्कीले सोही कानुनी व्यवस्थालाई आधार बनाउँदै निर्वाचन आयोगबाट हुने कामको प्रगति नागरिकसमक्ष पुर्‍याउने अभ्यास सुरु गर्ने बताएका हुन्। हालसम्म निर्वाचन आयोगका प्रमुख पदाधिकारीबाट चौमासिक रूपमा यस्तो प्रगति विवरण सार्वजनिक गर्ने अभ्यास नभएको अवस्थामा उनले नयाँ व्यवस्था लागू गर्ने योजना अघि सारेका छन्।

उनको भनाइ अनुसार नियमित प्रगति सार्वजनिक गर्ने प्रणालीले संस्थागत पारदर्शिता अभिवृद्धि गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कामको प्रभावकारिता मूल्यांकन गर्न सहयोग पुग्नेछ।

0 Comments