१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला तथा बालअधिकार संरक्षणका विषयमा मन्त्री बादी र युनिसेफ प्रतिनिधिबीच छलफल

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाबीच महिला तथा बालबालिकाको अधिकार संरक्षणलगायतका विषयमा छलफल भएको छ।

मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा बाल संरक्षण, सामाजिक सुरक्षा, बालविवाह अन्त्य, लैंगीक समानता प्रवर्द्धन तथा समुदायस्तरमा उपलब्ध सेवाको प्रभावकारिता बढाउने विषयमा विचार आदान-प्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटमा नेपाल सरकार र युनिसेफबीच सञ्चालन भइरहेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, आगामी सहकार्यका प्राथमिकता तथा महिला र बालबालिकाको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

मन्त्री बादीले जोखिममा रहेका समुदाय, महिला तथा बालबालिकाको संरक्षणका लागि सरकारले नीतिगत तथा कार्यक्रमगत पहललाई प्राथमिकतामा राखेको बताइन्। उनले बालविवाह नियन्त्रण, लैंगीकक हिंसा न्यूनीकरण र सामाजिक सुरक्षा सेवाको पहुँच विस्तारका लागि विकास साझेदारसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गरिन्।

युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले बाल अधिकार संरक्षण, शिक्षा, पोषण, सामाजिक सुरक्षा र सुरक्षित बाल्यकाल सुनिश्चित गर्ने साझा उद्देश्य पूरा गर्न नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

भेटवार्तामा बालमैत्री तथा समावेशी समाज निर्माण, महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, बालविवाह अन्त्य तथा सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच सहकार्यलाई अझ व्यवस्थित बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

0 Comments