काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई अनुसन्धान अधिकारीको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको जानकारी दिए।






