काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।
बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक विषय तथा आवश्यक नीतिगत निर्णयका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा परिषद्का पदेन सदस्यहरू तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहेको छ।






