१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-जापान सामाजिक-सांस्कृतिक समानता प्रदर्शनी सुरु

अ+ अ-

काठमाडौँ । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपाल–जापान सामाजिक-सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार-लगानी मेला सुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला बिहीवारदेखि ललितपुरस्थित होटेल हिमालयमा सुरु भएको हो ।

मेलाको जापान सरकारको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका निर्देशक तानाका काजुसीगि, नेपालका लागि जापानी राजदुत मायदा तोरु, चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रूपमा उद्घाटन गरे । प्रदर्शनीले नेपाल र जापानबीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल एओटीएस एलुम्नाइ सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले जानकारी दिए ।

उनकाअनुसार प्रदर्शनीमा प्रकृति, संस्कृति, जीवनशैली, खानपान र सामाजिक मूल्यका साझा पक्ष चित्र तथा सामग्रीमार्फत प्रस्तुत गरिएको छ । व्यापार मेलाले व्यवसाय–व्यवसाय (बी–टु–बी) सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा गरिएको उनले बताए। उनले प्रदर्शनीको विशेष आकर्षणका रूपमा जापानको परम्परागत चिया समारोहको प्रदर्शन गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा चेम्बर अध्यक्ष अग्रवालले नेपाल–जापानबीच सम्बन्धको चर्चा गर्दै जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादन, नवीकरणीय ऊर्जा, स्वास्थ्य, शिक्षा र डिजिटल सेवाका क्षेत्रमा संयुक्त लगानी गर्न तथा प्रविधि हस्तान्तरण विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

प्रत्यक्ष वैदेशिक लगानी, सीप विकास र औद्योगिक सहकार्य बढाउन दुवै देशका निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाई छ । उनले चेम्बर स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका लागि अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न सहयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपाल–जापान सहकार्यको भविष्य केवल सरकार-सरकारबीचको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले जनस्तर-जनस्तरबीचको सम्बन्ध, शैक्षिक साझेदारी, औद्योगिक सहकार्य तथा निजी क्षेत्रको नेतृत्वमा पनि समान रूपमा निर्भर रहेको उल्लेख गरे ।

नेपालका लागि जापानी राजदुत मायदा तोरुले जापानमा तीन लाखभन्दा बढी नेपाली अध्ययन र रोजगारीमा संलग्न रहेको उल्लेख गर्दै उनीहरूले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाएको बताए । राजदुत तोरुले नेपाल आर्थिक रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै जलविद्युत्, सडक, रेल, उत्पादन, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

उनले नेपालमा विभिन्न क्षेत्रमा ४९ भन्दा बढी जापानी कम्पनीहरूले व्यवसाय गरिरहेको जानकारी दिए । नेपालसँग व्यापार तथा लगानी गर्न इच्छुक जापानी कम्पनीहरूबाट जापानस्थित नेपाली दूतावासमा प्रत्येक वर्ष २०० भन्दा बढी व्यावसायिक जिज्ञासाहरू प्राप्त हुने गरेको उनको भनाई छ । उनले नागढुंगा सुरुङमार्ग, बिपी राजमार्ग तथा तनहुँ जलविद्युत् आयोजनाजस्ता परियोजनामा जापानले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता जनाए ।

प्रदर्र्शनीले नेपाल-जापानबीचको ७० वर्षे कूटनीतिक सम्बन्धलाई सांस्कृतिक आदान-प्रदानसँगै व्यापार, लगानी र आर्थिक सहकार्यको नयाँ चरणमा विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा नेपाल र जापानबीचका संस्कृति, परम्परा, वास्तुकला, खानपान र सामाजिक मूल्यका समानता झल्काउने ७० सामग्री प्रदर्शनमा राखिएका छन् ।

साथै, जापानी चिया संस्कार, व्यापार तथा लगानी मेला, सेमिनार र प्यानल छलफल पनि आयोजना गरिएको छ । व्यापार मेलामा २० भन्दा बढी नेपाली तथा जापानी कम्पनी र संस्थाका करिब दुई दर्जन स्टल रहेका छन् । ती स्टलमा उत्पादन, सेवा, प्रविधि, नवप्रवर्तन तथा लगानीका अवसर प्रस्तुत गरिएको छ ।

कार्यक्रममा सहभागी हुन २० सदस्यीय जापानी व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आएको छ । प्रतिनिधि मण्डलले नेपाली निजी क्षेत्रसँग व्यापार, लगानी, प्रविधि हस्तान्तरण र साझेदारी विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

0 Comments