१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गुठी पीडित किसानका समस्या समाधान गर्न र देशव्यापी रूपमा फैलिएको बाँदर आतंक नियन्त्रणका लागि तत्काल प्रभावकारी कानून निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले किसानका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रमुख सचेतक दुलालले ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण राज्यको दायित्व भए पनि गुठीका नाममा वर्षौंदेखि जोतभोग गर्दै आएका वास्तविक किसान अन्यायमा परेको बताए ।

सिन्धुपाल्चोकको फटकशिलाको उदाहरण प्रस्तुत गर्दै उनले विक्रम संवत् १८५६ देखि पशुपति महास्नान गुठीका नाममा रहेका झन्डै १२ सय रोपनी जग्गाका कारण किसानहरूले लामो समयदेखि श्रम र जिन्सी करको शोषण खेप्नुपरेको उल्लेख गरे । सिन्धुपाल्चोकमा मात्रै २२ हजार घरधुरी गुठी जग्गाबाट प्रत्यक्ष प्रभावित रहेको जानकारी दिँदै उनले सर्वदलीय र सर्वपक्षीय परामर्शका आधारमा अविलम्ब ‘गुठी विधेयक’ संसदमा ल्याउन सरकारसँग माग गरे ।

उनले भने, ‘विगतमा किसानहरूले ३५ किलोमिटर भारी बोकेर पशुपतिसम्म जिन्सी बुझाउनुपर्ने बाध्यता थियो । हाल सो गुठी सञ्चालनमा नभए पनि किसानले जग्गाको स्वामित्व पाएका छैनन्, जसका कारण उनीहरूले न बैंकबाट कर्जा लिन सक्छन्, न त हक हस्तान्तरण नै गर्न सक्छन् । किसानहरू बिहानदेखि बेलुकासम्म गुलेली बोकेर बाँदर धपाउनै व्यस्त हुनुपर्ने अवस्था छ । यो देशलाई कृषिप्रधान बनाउने हो भने बाँदर नियन्त्रण अपरिहार्य आवश्यकता भइसकेको छ ।’

देशभरका किसान बाँदर आतंकबाट आक्रान्त भएको भन्दै प्रमुख सचेतक दुलालले बाँदरले अन्नबाली सखाप पारेका कारण किसानले सास्ती भोगिरहेको बताए ।

0 Comments