१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जागिर लगाइदिने भन्दै पाँच लाख घुस लिएको आरोपमा पालिकाका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागिर लगाइदिने भन्दै पाँच लाख घुस लिएको आरोपमा गाउँपालिकाका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरविरुद्ध पाँच लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस रकम लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको हो। उक्त रकम तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरको बैंक खाताबाट कार्यालय सहयोगीको नाममा चेक काटी उपाध्यक्ष चौधरीको खातामा जम्मा गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९र८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत रहेको ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने जिम्मेवारी सुरेश कहाँरलाई दिइएको र गाउँपालिकासँग सम्झौता गरी कार्यक्रम सञ्चालनका लागि छ लाख रुपैयाँ पेस्की लिएको देखिएको आयोगको आरोप छ।

आयोगका अनुसार उक्त पेस्की रकम खातामा आए लगत्तै त्यसमध्ये पाँच लाख रुपैयाँ उपाध्यक्ष चौधरीको खातामा जम्मा गराइएको थियो। कार्यक्रममा खर्च गरिएको वा कार्यक्रम सञ्चालन भएको पुष्टि गर्ने आधार नभेटिएको तथा सुरेश कहाँरको खातामा अन्य रकमसमेत नरहेको देखिएकाले पेस्की रकमबाटै पाँच लाख रुपैयाँ घुस ९रिसवत० स्वरूप मागेर लिएको स्थापित भएको आयोगको निष्कर्ष छ।

आयोगले उपाध्यक्ष होमप्रकाश चौधरी र तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरबीच मिलेमतोमा घुस लेनदेन भएको ठहर गर्दै उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको जनाएको छ।

उक्त कसुरमा दुवै प्रतिवादीलाई कानुनबमोजिम सजायको माग गर्दै आयोगले बिहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

0 Comments