१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चालु आर्थिक वर्षभित्र एक लाख रोजगारी सिर्जना गर्छौँ’ : श्रममन्त्री यादव

अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षभित्र सरकारले १ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । 

बिहीबार मन्त्रालयमा भएको मन्त्रालय तथा मातहतका निकायसँगको छलफलमा उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताएका हुन् । 

उनले सो लक्ष्य हासिल गर्ने गरी काम गर्न आन्तरिक रोजगार व्यवस्थापन महाशाखालाई निर्देशन दिए । मन्त्री यादवले पाँच वर्षभित्र रोजगारी सिर्जना र नागरिकलाई सीपयुक्त बनाउने कार्यक्रम बजेटमै समेटिएको उल्लेख गर्दै उक्त लक्ष्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पेश गरिएको जानकारी दिए। 

लक्ष्य पूरा गर्न मन्त्रालयले रोजगारसम्बन्धी नीतिगत सुधारलाई तीव्र बनाउने बताए । उनकाअनुसार मन्त्रालयले १२ वटा फ्ल्यागसिप रोजगार कार्यक्रम तयार गरिरहेको छ भने केयर इकोनोमी, निर्माण क्षेत्र, जुत्ता तथा गार्मेन्ट उद्योगलगायतका क्षेत्र समेटेर राष्ट्रिय रोजगार नीति पनि निर्माणको चरणमा रहेको छ ।

मन्त्री यादवले स्थानीय तहमा स्थापना गरिएका सीप, उद्यमशीलता तथा रोजगार इकाइ प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र सम्बन्धित निकायबीच संयुक्त रूपमा काम गर्न निर्देशन दिए। 

इकाइका कर्मचारीलाई नयाँ कार्यविधिबारे तत्काल अनलाइन अभिमुखीकरण सञ्चालन गर्न पनि उनले आग्रह गरे । उनले रोजगार नीति र रोजगार ऐन तोकिएको समयभन्दा अगावै तयार गर्न कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिए। ७५३ वटै स्थानीय तहका रोजगार संयोजकको भूमिका विस्तार भएकाले उनीहरूको पदनाम र कार्यविवरण पुनरावलोकन गर्नुपर्ने बताए ।

मन्त्री यादवले हालसम्म ७५३ मध्ये ३९० स्थानीय तहले मात्र वैदेशिक रोजगारसम्बन्धी श्रम स्वीकृति सहजीकरणका लागि युजर आइडी र पासवर्ड प्राप्त गरेको उल्लेख गर्दै बाँकी स्थानीय तहमा देखिएका समस्या तत्काल पहिचान गरी साउन मसान्तभित्र सबै ७५३ स्थानीय तहमा सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिए । साथै स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण सेवा उपलब्ध हुने जानकारी नागरिकसम्म पुर्‍याउन पनि उनले जोड दिए ।

0 Comments