१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।  उनले समयमै लक्ष्य हासिल गर्न सबै निकायले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिइन् । 

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ सरकार गठनपछि तीन महिनाभित्र सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताको प्रशंसा गरिन् । 

उनले कम्पनी रजिष्ट्रार कार्यालय तथा उद्योग विभागका सेवा अनलाइन प्रणालीमा सञ्चालनमा आइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै अनलाइनमा नआएका सबै सेवालाई यथाशीघ्र डिजिटल प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिइन् । सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन सचिव तथा विभागीय प्रमुखलाई विशेष आग्रह गरिन् र 

मन्त्री यादवले सुशासन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा सुशासन कायम गर्न कुनै सम्झौता नगर्न आग्रह गरिन् । उनले पूर्ण इमान्दारिता, पारदर्शिता र जिम्मेवारीबोधका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । 

चाडपर्व नजिकिँदै गएको उल्लेख गर्दै उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई सचेत गराइन् । 

त्यसैगरी, औद्योगिक वातावरण सुधार, व्यापार विस्तार तथा मन्त्रालयको समग्र कार्यसम्पादन प्रभावकारी बनाउन आवश्यक नीतिगत सहजीकरणको लागि आफू सधैँ तयार रहेको बताउँदै मन्त्री यादवले सबै कर्मचारी तथा निकायलाई समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरिन् । 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा वार्षिक प्रगति, बजेट कार्यान्वयन, मन्त्रालय तथा मातहतका निकायको उपलब्धि, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाको प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।

उनका अनुसार समीक्षा बैठकमा गत आर्थिक वर्षका उपलब्धिलाई संस्थागत गर्दै चालु आर्थिक वर्षका लक्ष्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय, विभाग र मातहतका निकायबीच नियमित समन्वय तथा नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको थियो । 

0 Comments