काठमाडौँ । लोक सेवा आयोगले मधेश प्रदेशका केही जिल्लामा विकसित परिस्थितिलाई ध्यानमा राख्दै आगामी केही दिनका लागि तय गरिएका परीक्षाको मिति तथा समय पुन:निर्धारण गरेको छ।
आयोगका अनुसार परीक्षार्थीहरूको आवतजावतमा हुन सक्ने कठिनाइलाई मध्यनजर गर्दै साउन १६ गतेदेखि २१ गतेसम्म आयोगअन्तर्गतका विभिन्न कार्यालयबाट सञ्चालन हुने परीक्षाको तालिका संशोधन गरिएको हो।
संशोधित कार्यक्रमअनुसार साउन १६ गतेदेखि सञ्चालन हुने भनिएका परीक्षा अब साउन २३ गतेदेखि सुरु हुनेछन्। आयोगले नयाँ तालिकाअनुसार सम्बन्धित परीक्षा सञ्चालन हुने जनाएको छ।







