काठमाडौँ। लघुवित्त पीडित पक्ष र सरकारबीच दोस्रो दिनको वार्ता शुक्रबार अर्थ मन्त्रालयमा सुरु भएको छ । लघुवित्त पीडितहरूले उठाएका मागको सम्बोधन र विवाद समाधानका उपायबारे दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ।
यसअघि बिहीबार पनि सरकार र लघुवित्त पीडितबीच वार्ता भएको थियो । पहिलो चरणको संवादमा माग तथा समस्या समाधानका विषयमा प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि वार्तालाई दोस्रो दिन पनि निरन्तरता दिइएको हो ।
अर्थ मन्त्रालयमा जारी छलफलमा लघुवित्त पीडितका माग, सम्भावित सहमति र समाधानका विकल्पबारे दुवै पक्षबीच संवाद भइरहेको बताइएको छ ।






