१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङ र हिन्दु सम्राट सेनाबीच वार्ता, आन्दोलनका कार्यक्रम स्थगित

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दु सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि आन्दोलनका विषयमा मौखिक समझदारी बनेको छ। सहमतिसँगै संगठनले यसअघि घोषणा गरेका नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ।

आइतबार करिब डेढ घण्टा चलेको छलफलपछि दुवै पक्ष सकारात्मक निष्कर्षमा पुगेका हुन्। हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि सरकारसमक्ष पेश गरेको १३ बुँदे मागलाई परिमार्जन गर्दै थप ६ बुँदा समावेश गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई बुझाएको छ।

उनका अनुसार सरकारले ती मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै कार्यान्वयन प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको छ।

वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष सनातनीले धार्मिक सद्भाव संरक्षण र मुलुकलाई द्वन्द्वतर्फ जान नदिन सहमतिमार्फत अघि बढ्ने निर्णय गरिएको बताए। हिन्दु राष्ट्रको अवधारणाले सबै धर्म र समुदायप्रति सम्मान गर्ने मान्यता बोकेको उल्लेख गर्दै उनले कुनै पनि समुदायमाथि अन्याय गर्ने उद्देश्य नरहेको धारणा राखे।

उनले धार्मिक विषयलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत रहनुपर्ने पनि बताए।

यस्तै, संगठनका अध्यक्ष राजेश यादवले धर्मका आधारमा कुनै आयोग गठन नगर्ने, मदरसा तथा मस्जिदमा हुने कोष परिचालन र धार्मिक स्थलमा प्रयोग हुने लाउडस्पिकरको व्यवस्थापनलगायतका विषयमा पनि छलफलका क्रममा समझदारी बनेको जानकारी दिए।

वार्ताका क्रममा गृहमन्त्री गुरुङले सबै धार्मिक समुदायको सुरक्षा सुनिश्चित गरिने, कुनै पनि समुदायका धार्मिक गतिविधि र पर्वमा अवरोध वा हिंसा हुन नदिने प्रतिबद्धता व्यक्त गरेको संगठनले जनाएको छ।

सरकारबाट आफ्ना माग सम्बोधन गर्ने लिखित तथा मौखिक प्रतिबद्धता प्राप्त भएपछि विरोधका कार्यक्रम फिर्ता लिइएको हिन्दु सम्राट सेना नेपालले जनाएको छ। संगठनले वर्तमान परिस्थितिमा शान्ति, सामाजिक सद्भाव र संवादलाई प्राथमिकता दिन सहमतिको मार्ग रोजिएको उल्लेख गरेको छ।

0 Comments