१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन १४ मै महिनाभरिको हाजिरी ? पुर्चौडी नगरपालिकामा सार्वजनिक आरोपबारे छानबिन हुने

अ+ अ-

बैतडीको पुर्चौडी नगरपालिकामा एक कर्मचारीले साउन १४ गते नै महिनाभरिको हाजिरी भरेको आरोप सार्वजनिक भएपछि स्थानीयले छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक कर्मचारीले साउन १४ गते नै साउन महिनाभरिको हाजिरी एकै पटक भरेको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीय तहको प्रशासनिक प्रणाली र हाजिरी व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

आरोप नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक गीताकुमारी खड्कामाथि लागेको हो। नगरपालिकाकै एक प्राविधिक कर्मचारीका अनुसार खड्काले साउन १४ गतेको मितिमा सिंगो महिनाभरिको उपस्थितिको हाजिरी रजिस्टरमा हस्ताक्षर गरेकी थिइन्।

घटना सार्वजनिक भएपछि स्थानीय युवाहरू नगरपालिका पुगेर विरोध जनाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी तथ्य पुष्टि भए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

जसबारे बुझ्न खोज्दा खड्काले फोन उठाइनन् भने पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार पोखरेलले शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सोमबार कार्यालयमा पुगेपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुने बताएका छन्।

‘सोमबार कार्यालय पुगेपछि के भएको हो भन्ने विषयमा एकिन हुन्छ। तथ्य र कानुनी व्यवस्थाका आधारमा आवश्यक प्रक्रिया अघि बढाउँछौँ, ‘उनले प्रशासनसँग भने।

नगरपालिका स्रोतका अनुसार हाजिरी रजिस्टरमा महिनाभरिको हाजिरी गरिएको देखिए पनि खड्का नियमित रूपमा कार्यालयमा कार्यरत रहेको र विद्युतीय हाजिरी (ई-हाजिरी) समेत रहेको जनाइएको छ। त्यसैले उक्त घटना नियतवश भएको हो वा प्रशासनिक त्रुटि हो भन्ने विषय पनि आवश्यक परीक्षणपछि मात्रै स्पष्ट हुने स्रोतको भनाइ छ।

0 Comments