१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आन्तरिक र बाह्य शक्तिहरूको चलखेलका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्यो’ : नेकपा नेतृ राई

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद जयन्तीदेवी राईले आन्तरिक तथा बाह्य शक्तिहरूको चलखेलको कारण पार्टी र मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गरेकी छन् । 

आईतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संगठनको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । 

उनले राष्ट्रिय स्वाधीनतासँगै लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशिता समेत कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले लामो समयको संघर्षबाट प्राप्त महिला अधिकार खोसिने डर रहेको भन्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको पनि बताइन्। राईले मुलुकमा आत्महत्याका घटना, सामाजिक हिंसा तथा जातीय र धार्मिक तनाव बढ्दो चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि समाजमा शान्ति र मेलमिलापको वातावरण निर्माण गर्न आवश्यक सबै पक्ष एकजुट हुनुपर्नेमा समेत जोड दिइन् । 

नेपालको शान्ति प्रक्रियामा महिलाले ऐतिहासिक रूपमा महत्वपूर्ण योगदान दिएको गर्दै उहाँले वर्तमान परिस्थितिमा मुलुकमा शान्ति र सामाजिक सद्भाव कायम गर्न महिलाले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘अहिले नेपाली कम्युनिष्ट पार्टीमाथि ठुलो संकट रहेको छ । देशदेखि विदेशी शक्तिहरूको चलखेल र प्रहार भइरहेको छ । हाम्रो आन्दोलनको साथसाथै हाम्रो पार्टी पनि कमजोर अवस्थामा पुगेको छ । यससँगै राष्ट्र जनअधिकार, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक समावेशिता पनि कमजोर बन्दै गइरहेको छ । र हामीले प्राप्त गरेका अधिकारहरू फेरी खोसिने डर रहेको छ । आज मुलुकमा नागरिकले आत्महत्याको बाटो रोजिरहेको तथा हिंसा भड्किरहेको छ । आज जातीय तथा धार्मिक द्वन्द्व र हिंसा भड्किरहेको अवस्था छ । मुलुकमा शान्ति स्थापना गर्ने सवालमा इतिहासमा पनि महिलाहरू को ठुलो भूमिका रहेको छ । त्यसकारण हिजो मात्रै पार्टीको संयोजनकारी समितिको बैठकले देशभर शान्ति कायम गर्न, धार्मिक सहिष्णुता र सामाजिक सद्भावका साथै आपसि मेलमिलाप कामय गर्नको लागि भूमिका खेल्नको लागि सर्कुलर समेत जारी गरेको अवस्था छ । मुलुकमा शान्ति कामय गर्नको लागि समन्वयकारी भूमिका खेल्नको लागि हामी सबै तयार हुनुपर्छ । त्यसैगरी समाजमा महिलामाथि भइरहेको उत्पीडन, र हिंसा उन्मुलनको लागि लड्न पनि जरुरी छ ।’

उनले समाजमा विद्यमान महिलामाथि हुने उत्पीडन र हिंसाविरुद्ध संगठित रूपमा संघर्ष गर्नुपर्ने आवश्यकता रहेको समेत बताइन् । 

0 Comments