१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियाको जाभा समुन्द्रमा २५० यात्रु सवार जहाजमा भीषण आगलागी

अ+ अ-

इण्डोनेसिया । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा आइतबार करिव २ सय ५० जना यात्रु सवार एक जहाजमा भीषण आगलागी भएको छ ।

 सुराबाया खोज तथा उद्धार कार्यालयले सो दुर्घटनाको पुष्टि गरेको हो । प्राप्त जानकारीअनुसार उक्त जहाज आइतबार बिहान पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित महासरका लागि प्रस्थान गरेको थियो । सापुदी टापुबाट करिब १९ नटिकल माइल (३५.२ किलोमिटर)उत्तरतर्फ पुगेका बेला जहाजमा अचानक आगलागी सुरु भएको थियो । 

उद्धार कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जहाज लगभग पूर्ण रूपमा आगोको चपेटामा परेको थियो । जहाजमा सवार यात्रुहरू ज्यान जोगाउन ब्रिज र जहाजको अघिल्लो भाग (बो) मा जम्मा भएका थिए ।’

आगलागीबाट बच्न समुद्रमा हाम फालेका दर्जनौँ यात्रुहरूलाई नजिकै रहेका अन्य जहाजहरूले तत्काल उद्धार गरेका थिए । घटनाको जानकारी पाउनासाथ अधिकारीहरूले घटनास्थलमा उद्धार जहाज, विशेषज्ञ टोली र विभिन्न रिजिड इन्फ्लेटेबल बोट (रबरका डुङ्गा) हरू परिचालन गरेका छन्। 

हाल सो क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ । 

0 Comments