१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फर्पिङबाट प्रतिबन्धित औषधिसहित एक पक्राउ, विगतमा पनि विभिन्न मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्क क्षेत्रमा प्रतिबन्धित लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको संयुक्त टोलीले सवारीसाधन जाँचका क्रममा रौतहटबाट काठमाडौँ आउँदै गरेको प्रदेश ०५-००१ ज ०००६ नम्बरको सुमोबाट एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-१ स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरिमा बसोबास गर्दै आएका ३१ वर्षीय सुमन भण्डारी रहेका छन्। प्रहरीले उनको साथमा रहेको कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा २३६ ट्याब्लेट नाइट्राजेपाम र दुई हजार ६९० क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ।

प्रहरीले बरामद लागु औषधसहित भण्डारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँमार्फत थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका भण्डारीविरुद्ध यसअघि विभिन्न समयमा सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा पनि मुद्दा दर्ता भएको अभिलेख रहेको छ।

0 Comments