२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रामक समाचार नफैलाउन पर्सा प्रहरीको अपिल, पुष्टि भएका तथ्य मात्र प्रकाशन गर्न आग्रह

अ+ अ-

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन–प्रसारण गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण गराउँदै सबै सञ्चारमाध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न आग्रह गरे । उनले अनुसन्धान सम्पन्न नभएसम्म अपुष्ट र भ्रामक सामग्री प्रसारण नगर्न ध्यानाकर्षण गराए ।

यही साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलस्थित एक बालिकालाई बालबालिकाविरुद्ध कसुर भएको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।

उक्त जाहेरी प्राप्त भए लगत्तै प्रहरी टोली परिचालित भई निखिल सिंह राजपुतलाई नियन्त्रणमा लिएको थियो । राजपुतलाई बालबालिकाविरुद्धको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका स्थापित सिद्धान्त तथा प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको विषयमा अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित समाचारले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्न सक्ने प्रहरीको भनाइ छ ।

यस्ता क्रियाकलापबाट सम्बन्धित पक्षको अधिकारमा असर पर्न सक्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने उल्लेख गर्दै प्रवक्ता मल्लले ती कार्यप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

उनले भने, “प्रहरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध छ । अनुसन्धान सम्पन्न भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा जानकारी गराइन्छ ।”

0 Comments