काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।






