२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क औषधिको अभाव र विपन्नको स्वास्थ्य उपचारमा देखिएका समस्याबारे सांसद पौडेलको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा नि:शुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद पौडेलले स्वास्थ्य मन्त्रालयबाट नि:शुल्क वितरण गरिने भनिएका औषधिहरू तल्लो तहका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध नभएको बताए ।

आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमनका क्रममा कतिपय स्थानमा नि:शुल्क औषधिको मौज्दात शून्य रहेको पाइएको उनले उल्लेख गरे ।

बैठकमा सांसद पौडेलले जटिल प्रकृतिका रोग, विशेष गरी क्यान्सरबाट पीडित विपन्न नागरिकहरूको दयनीय अवस्थाबारे समेत चर्चा गरे । आर्थिक अभावका कारण उपचार गर्न नसकी बिरामीहरू गम्भीर मानसिक तनावमा रहेको उल्लेख गर्दै उनले राज्यले प्रदान गर्ने १ लाख रुपैयाँको उपचार सहुलियत अपर्याप्त र झन्झटिलो भएको बताए ।

मधेस प्रदेश सरकारले दिने भनिएको सहुलियत समेत समयमा प्राप्त नहुने र बिरामीहरूले वर्षौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेकोमा उनले आपत्ति जनाए ।

सांसद पौडेलले भने, ‘चन्द्रपुर अस्पतालमा संघबाट वार्षिक करिव १७ लाख रुपैयाँ बराबरको औषधिको बजेट प्राप्त हुन्छ, तर अस्पतालको केन्द्रिय अवस्थितिका कारण छिमेकी पालिकाहरूबाट समेत बिरामी आउँदा त्यहाँ वार्षिक १ करोड रुपैयाँभन्दा बढीको औषधिको माग छ । यस्तो अवस्थामा बजेट र मागबीचको खाडल पुर्न सरकारले विशेष नीतिगत व्यवस्था गर्नुपर्छ । विपन्नले साँच्चिकै उपचार पाउने र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले के कस्तो योजना बनाएको छ ?’

सांसद पौडेलले मधेस प्रदेशमा सर्पदंशको समस्या निकै भयावह रहेकोतर्फ पनि समितिको ध्यान आकृष्ट गराए ।

रौतहटमा उचित उपचार केन्द्रको अभावमा बिरामीहरूको अकालमै मृत्यु हुने गरेको भन्दै उनले कम्तीमा नेपाली सेनाको ब्यारेकमा भए पनि सर्पदंश उपचारको भरपर्दो व्यवस्था मिलाउन माग गरे ।

0 Comments