२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक निकायहरूबीचको संवादहीनताप्रति आङदेम्बेको चिन्ता

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता एवं सांसद भीष्मराज आङदेम्बेले राज्यका प्रमुख अंग र संवैधानिक निकायहरूबीच बढ्दो संवादहीनताले लोकतन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् । 

बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो बताएका हुन् । नेता आङदेम्बेले कार्यकारी निकाय र संवैधानिक अंगहरूबीच समन्वयको अभाव हुनु अत्यन्तै संवेदनशील विषय भएको टिप्पणी गरे। 

उनले राज्य सञ्चालनका महत्त्वपूर्ण निकायहरूबीचको दूरीले व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सचेत गराए । सदनको कार्यप्रणालीका सम्बन्धमा चर्चा गर्दै उनले पछिल्लो समय संसद सञ्चालन व्यवस्थित हुने प्रक्रियामा रहे तापनि विगतका गतिरोध र त्यहाँ व्यक्त भएका अभिव्यक्तिहरूलाई नजरअन्दाज गर्न नमिल्ने बताए। संसद्मा उठेका गम्भीर विषयहरूले उचित निष्कर्ष नपाउँदै नयाँ विधेयकहरू आउनुले थप गम्भीरता माग गरेको उनको भनाइ छ । 

नेता आङदेम्बेले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको कार्यशैलीप्रति पनि आलोचना गरे । मन्त्रीहरूबाट सार्वजनिक हुने जिम्मेवारीविहीन र लगामहीन अभिव्यक्तिले जबाफदेहिताको अभाव झल्काएको उनले आरोप लगाए । 

सरकारले विभिन्न पक्षसँग गर्ने सम्झौता र सहमतिहरू केवल नाटकका रूपमा देखिएको र घटनाक्रमहरू घट्नुको साटो थप जटिल बन्दै गएको उनले उल्लेख गरे । 

उनले भने,‘ मुलुकले भित्री तहमा भोगिरहेको र संविधानले चिनेका कार्यकारी निकायहरूबीच देखिएको संवादहीनताले हाम्रो लोकतन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ । यस विषयलाई हामीले बेवास्ता गर्न मिल्दैन । कार्यकारी निकाय र संवैधानिक निकायहरूबीचको संवादहीनता अत्यन्त गम्भीर र संवेदनशील विषय हो । यसको प्रभाव संसदमा पनि परेको छ । पछिल्लो समय संसद सञ्चालनलाई व्यवस्थित बनाउने प्रयास भइरहेका भएपनि विगतका घटनाक्रम र त्यसबाट उठेका प्रश्नहरूको उचित सम्बोधन हुन सकेको छैन । त्यसैले यस्ता विषयमा संसद अझ गम्भीर हुन आवश्यक छ । अर्कोतर्फ, राज्य सञ्चालन गर्ने निकायहरू, विशेषगरी मन्त्रिपरिषद्का सदस्यहरूबाट आउने गैर जिम्मेवार सार्वजनिक अभिव्यक्ति, जबाफदेहिताको अभाव तथा सबै विषयलाई सम्झौता वा सहमतिका नाममा टार्ने प्रवृत्तिले समस्या झन् बढाएको छ । यस्तो अवस्थामा मुलुक राजनीतिक र संवैधानिक दुवै हिसाबले संवेदनशील मोडमा रहेको छ। संविधानले परिकल्पना गरेका प्रमुख संवैधानिक निकायहरूबीचको संवादहीनताले जनतामाझ ती संस्थाप्रति प्रश्न उठ्न थालेका छन्, र संसदमा समेत यसबारे चिन्ता व्यक्त भइरहेको  छ । यही पृष्ठभूमिमा मुलुक अन्तर्राष्ट्रिय रूपमा पनि असहज अवस्था वा एक प्रकारको अन्तर्राष्ट्रिय अलगावतर्फ जान सक्ने चिन्ता बढ्दै गएको देखिन्छ । त्यसैले राज्यका सबै संवैधानिक तथा कार्यकारी निकायबीच समन्वय, संवाद र संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ ।’

मुलुकको तरल राजनीतिक अवस्था र संवैधानिक निकायहरूबीचको संवादहीनताका कारण जनता र सदनमा प्रश्न उठिरहेको बताउँदै उनले भने, “यस्तो संवेदनशील समयमा मुलुक कतै अन्तर्राष्ट्रिय क्रीडास्थल बन्दै त छैन भन्ने आशंकाहरू थप बलियो बन्दै गएका छन्।” उनले राज्यका संयन्त्रहरूलाई थप जिम्मेवार बन्न र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न आग्रह समेत गरे । 

0 Comments