काठमाडौँ । राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्तका लागि दरखास्त आव्हान गरिएको छ ।
राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले आज एक सूचना जारी गर्दै दुईमध्ये कम्तीमा एक जना महिला रहने गरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त दिन सक्नेछन् ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले निर्धारित ढाँचाको आवेदन फाराम भरी आवश्यक कागजातसहित कार्यालय समयमा सिफारिस समितिको सचिवालय रहेको राष्ट्रिय सूचना आयोग, त्रिपुरेश्वर, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन्।
सिफारिस समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना आयुक्त नियुक्तिका लागि उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ।







