२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छ’ : महामन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीभित्र सिर्जना गरिएका अवरोध र अन्योललाई चिर्दै अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

महामन्त्री पौडेलले पार्टीमा हुने निर्णयहरू प्रक्रियागत र विधिसम्मत हुनुपर्ने बताए। विशेष महाधिवेशनको सन्दर्भमा चर्चा गर्दै उनले यसको औचित्य पुष्टि गर्न आफूहरू कानूनी रूपमा समेत तयार रहेको स्पष्ट पारे। उनले प्रक्रियागत जटिलतामा अल्झिएर कार्यकर्ताहरू निरुत्साहित हुन नहुने र तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले भएका निर्णयहरूलाई नै अस्वीकार गरेको होइन, तर निर्णयहरू गर्दा निर्धारित प्रक्रिया र विधिलाई आत्मसाथ गरिएको छ कि छैन भन्ने विषय महत्त्वपूर्ण हुन्छ । पार्टीलाई पद्धतिमा चलाउनु नै आजको आवश्यकता हो । यो विधि र प्रक्रिया अपनाएर अगाडि बढाइएको विषय हो । राज्यका सबै तहले निर्क्योल गरिसकेको र धेरै अगाडि बढिसकेको प्रक्रियाबाट अब पछाडि फर्कन सकिँदैन ।’ महामन्त्री पौडेलले देशको लोकतन्त्रको रक्षाका निम्ति नेपाली काँग्रेस बलियो हुनु अनिवार्य रहेको उल्लेख गरे।

 पार्टीलाई एकीकृत र सङ्गठित रूपमा अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वलाई साथ दिँदै सबैले मेहनत गर्नुपर्ने उनको भनाइ छ । काँग्रेसलाई राजनीतिक उचाइमा पुर्‍याउन र उत्साहजनक ढंगले सङ्गठन विस्तारमा लाग्न उनले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गरे । 

0 Comments