२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व संकलन

अ+ अ-

काठमाडौँ । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा रु. एक करोड छ लाख १९ हजार ३१९ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।

कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु. ९० लाख ९५ हजार राजस्व संकलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व संकलन गरेको जानकारी दिए । 

उनका अनुसार संकलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्त:शुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिए । 

कार्यालयका अनुसार भन्सार महसुलबाट रु. २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट रु. दुई लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु. २१ लाख ४२ हजार १५५, अन्त:शुल्कबाट रु. एक लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट रु. ५४ लाख ६१ हजार १७३ राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षका लागि कार्यालयले ९२ लाख राजस्व संकलनको लक्ष्य पाएको छ । यसअघि आर्थिक वर्ष २०८१-८२ मा कार्यालयले रु. एक करोड पाँच लाख राजस्व संकलनको लक्ष्य पाएकामा रु. ७७ लाख ७० हजार राजस्व संकलन गरेको थियो । प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ ।

0 Comments