काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे भेट्ने तय भएको छ। भारतीय राजदूतलाई भेटे लगत्तै प्रधानमन्त्रीले चिनियाँ राजदूतलाई भेट्ने छन्।
यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। आज भारतीय र चिनियाँ राजदूतलाई भेटेपछि शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ।






