२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा सचिव र अध्यक्षसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका-२० का वडा सचिव वीरबहादुर थापामगर, वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गर्दै वडा अध्यक्ष धोबी, वडा सचिव थापामगर तथा नेपालगञ्ज-२० का रवीन्द्र लामिछाने र उदयपुरको चौदण्डीगढी नगरपालिका-५ का विकासकुमार चापागाईँलाई प्रतिवादी बनाएको हो।

आयोगका अनुसार विशेष अदालतमा विचाराधीन घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासँग जोडिएको विषयमा प्रमाण सिर्जना गर्ने उद्देश्यले चारै जनाबीच मिलेमतो भएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले २०७९ साउन १० गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँको कारोबार भएको देखाउने झुट्टा तथा नक्कली करारनामा तयार गरेको आयोगको दाबी छ।

उक्त कागजातलाई वैध देखाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका–२० को आर्थिक वर्ष २०७९र८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा थपघट तथा सच्याउने काम गरिएको र त्यसलाई प्रमाणितसमेत गरिएको आयोगले जनाएको छ। यस क्रममा वडा कार्यालयको प्रचलित सरकारी छापसमेत दुरुपयोग भएको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ।

त्यसैगरी वडा अध्यक्ष धोबी र वडा सचिव थापामगरले आफ्नो पद तथा अधिकारको प्रयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरणमा हेरफेर गरेको र चलानी नम्बर ७२४२ मा गलत विवरणसहितको कागजात तयार गरी आयोगको अभिलेखमा रहने गरी पत्राचार गरेको आरोप पत्रमा उल्लेख छ।

आयोगले वडा अध्यक्ष धोवीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अन्तर्गतको कसुरमा सोही व्यवस्थाअनुसार कैद तथा जरिवानाको माग गरेको छ। वडा सचिव थापामगरविरुद्ध दफा ९ बमोजिमको कसुरमा कैद र जरिवाना माग दाबी गरिएको छ।

लामिछाने र चापागाईँलाई भने मुख्य कसुरदारलाई गैरकानुनी लाभ पुर्‍याउने कार्यमा मतियार भएको आरोप लगाइएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मुख्य कसुरदारलाई हुने सजायसरह नै कैद तथा जरिवाना हुनुपर्ने माग दाबी आयोगले गरेको छ।

आयोगले सरकारी लिखतमा हेरफेर, झुट्टा कागजात तयार तथा सरकारी छापको दुरुपयोगसम्बन्धी कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अन्तर्गतको कसुर भएको निष्कर्षसहित मुद्दा अघि बढाएको जनाएको छ।

0 Comments